काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले दशौं र एघारौं वार्षिक साधारण सभा आज गर्ने निर्णय गरेको हो । सभा पोखराको मेजेष्टिक लेक फ्रन्ट होटल एण्ड सुईटमा हुनेछ ।
सभामा आव २०७८र७९ सम्मको मुनाफाबाट हाल कायम चुक्तापूँजी ५१ करोड ९० लाख रुपैयाँ ३।८ प्रतिशत बोनस सेयर र ०।२० प्रतिशत नगद लाभांश गरी कुल ४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै दुई आवको वित्तीय विववरणहरुमाथि छलफल गरी पारित गरिनेछ । सभामा सर्वसाधारण सेयरधनीकातर्फबाट २ जना र संस्थापक सेयरधनीका तर्फबाट ३ जनाको निर्वाचन गर्ने तथा स्वतन्त्र सञ्चालकको नियुक्तलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
यस्तै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभ्ने/गाभिने वा प्राप्तिका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले गत चैत ९ गते एक दिनका लागि बुक क्लोज गरिसकेले चैत ८ गतेसम्म कायम सेयरधनीहरुले मात्रै लाभांश प्राप्त गर्न सभामा सहभागी हुन सक्ने छन् ।
अर्थ सन्जाल