राष्ट्रियसभाका विषयगत समिति सभापतिले लिए शपथ

काठमाडौं । राष्ट्रियसभा अन्तर्गत दुईवटा विषयगत समितिका सभापतिहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।

राष्ट्रियसभाअन्तर्गत संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति एमालेका सोनाम गोल्जेन शेर्पा र विकास,आर्थिक मामिला तथा सुशासन समिति सभापति कमला पन्तलाई राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शपथ खुवाएका हुन् ।

दुई समितिको सभापतिमा एकमात्रै उम्मेद्वारी परेपछि शेर्पा र पन्त निर्विरोध निर्वाचित भएका थिए । त्यसअघि सोमबार नै बसेको दुईवटा समिति बैठकले उनीहरूलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *