काठमाडौं । नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले सरकारले सहकारी आन्दोलनको संरक्षण गर्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सहकारी ठगीको सम्बन्धमा सरकारले अधिकारसम्पन्न आयोग बनाएर अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ ।
सरकारले कुन सामाजिक सहकारी हो र कुन दैनिक रकम संकलन गर्ने सहकारी संकलन गर्ने हो छुट्याउनुपर्ने उनले बताए ।
ऋण फर्काउनै पर्ने बाध्यकारी बनाउने र सरोकारवालाहरुसँग छलफल गरेर प्रचलित कानुनमा आवश्यकतामा आधारमा संशोधन गरेमा सहकारी समस्याका सम्बन्धमा समाधान निकाल्न सकिने उनको भनाइ छ ।







