काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँ र चाँदीको मूल्य ताेलामा १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख २४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख २३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला एक हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Artha Sanjal






