


काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउपछि काठमाडौं ल्याइएको छ। सुन तस्करी प्रकरणका जोडिएका माओवादी उपाध्यक्ष महरालाई कपिलवस्तुबाट पक्राउ गरेर प्रहरीले काठमाडौं लगेको हो।
रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर भट्टले प्रहरीको निगरानीपछि महरा आफैंले काठमाडौं फर्किने चाहना गरेपछि भैरहवा विमानबाट काठमाडौं पठाइएको बताए।
त्यस क्रममा महराको नेकपाका महासचिव विप्लवसँग जम्काभेट भएको छ। विप्लव जिल्लाका कार्यक्रम सकेर काठमाडौं आउन लागेका र प्रहरी नियन्त्रणमा रहेका महरासँग उनको जम्काभेट भएको हो। सो क्रममा विप्लवले महराबारे चासोसमेत राखेका थिए। महरा र विप्लव विगतमा एकै पार्टीमा थिए भने उनीहरूबीच गुरुचेलाको सम्बन्ध छ।
Artha Sanjal

अर्थ सन्जाल