कथा वाचक आचार्य सितल कृष्णद्वारा आफ्नै श्रीमतीमाथि हिंसा, अनैतिक सम्बन्ध राखेको आरोप

काठमाडौं। भागवत कथा वाचक आचार्य श्री शीतलकृष्णजी महाराजले आफूमाथि अन्याय गरेको भन्दै श्रीमती सुकृति पौडेल भुसालले दुखेको पोखेकी छन्। सातजुनीसम्म सँगै बिताउने कसम खाएर बिहे गरेकी श्रीमान‍्ले आफूमाथि हिंसा गरेको भन्दै गुनासो गरेकी छन्।

कथित धर्मगुरु भनेर चिनिने प्रसिद्ध कथावाचक शीतलकृष्ण महाराज भुसालले आफ्नो जीवनमाथि खेलबाड गरेको र जबरजस्ती डिभोर्सका लागि दबाब दिएको उनको दुखेसो छ। ‘उहाँले मेरो परिवारलाई सामाजिक सञ्जालमा पनि ब्लक गर्नु भएको छ। जता गयो त्यतै सम्बन्ध राख्नु हुन्छ। बुबाआमाले पुजेर दिएको ज्वाइ भन्दै सबै कुरा सहेर बसे। मलाई एक दिन कुरा बुझ्नु हुन्छ भन्ने लागेको थियो। सहनै नसक्ने भएपछि कावासोती प्रहरीमा उजुरी पनि दिएकी छु,’ उनले भनिन्।

उनले आफूलाई पतिले पटक–पटक हिंसा गरेको बताएकी छन्। ‘हाम्रो विवाह भएको तीन वर्ष भयो। विवाहपश्चात् केही महिना राम्रोसँग बित्यो। पछि उहाँको दुर्व्यवहार र दुश्चरित्रहरू मैले अनुभव गर्न थालेँ। मैले सो व्यवहारका विषयमा उहाँलाई बारम्बार भन्दा पनि उहाँले मलाई रगताम्य हुने गरी कुटपिट गर्ने घट्ना हुन थाले,’ सुकृति भन्छिन्।

श्रीमान‍्ले आफूलाई भ्रुणहत्या गर्न विवश बनाएको उनको आरोप छ। ‘म सहँदै गएँ। मैले मेरो पीडा माईती पक्षलाई पनि केही भनिनँ,’ उनले भनिन्। उनले अकस्मात आफूलाई छोडपत्र दिने उद्देश्यका साथ श्रीमान‍्बाट जिल्ला अदालत नवलपुरमा डिभोर्स फाइल पेश गरेको जानकारी प्राप्त भएको बताइन्।

उनले यस्तो अप्रत्यासित र अकल्पनीय खबरले आफू विक्षिप्त भएको बताएकी छन्। ‘मन लागुञ्जेलसम्म सँगै बस्ने अनि मन भरिएपछि विभिन्न बाहाना गरेर यसै गरेर छोडपत्र गर्दै जाने प्रवृत्ति के उचित हो र?,’ उनले प्रश्न गरेकी छन्।

उनले डिभोस दिन खोजेको खबर सुन्दा डिप्रेसनमा गएको र औषधि सेवन गरिरहेको बताएकी छन्। उनले श्रीमान‍्सँग एक पटक कुरा गर्न चाहेकोमा श्रीमान‍्को परिवार नै तर्किने गरेको बताएकी छन्।

श्रीमान‍्ले आफूसँग कुनै पनि हिसावमा जीवन विताउन नचाहेको भन्दै भाइमार्फत सन्देश पठाएको बताइन्। उनले अहिले पनि आफू मिल्न नै चाहेको बताएकी छन्। ‘मलाई कुटपिट गर्दा, फेसबुकमै तीन/चार महिना ब्लक गरेर बस्दा मैले थुप्रै पीडा भोगेकी छु। मेरो बिहेको तीन महिनामा डर, धम्कि देखाएर भ्रुणहत्या गर्न लगाइयो। मैले आफ्नो अभिभावकलाई पनि यो कुरा भनेकी थिइनँ,’ उनले भनिन्।

‘उहाँको भाइले त्यसको लागि दाइ मर्नु परे तयार हुनुहुन्छ। तर, तपाईंसँग बस्न तयार हुनुहुन्न भन्नुहुन्छ,’ उनले भनिन्। आफूसँग सम्बन्ध भएपछि अरुसँग सम्बन्ध नराख्न नपाउने भएपछि श्रीमान‍्ले डिभोर्श दिन खोजेको उनको आरोप छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *