उच्च शिक्षा अध्ययनका लागि सारथी बन्दै नबिल शैक्षिक कर्जा : यसरी पाइन्छ एक करोडसम्मको कर्जा

काठमाडौं । के तपाईं विदेशमा गएर अध्ययन गर्ने सोचिरहनु भएको छ ? कि आफ्ना सन्तानलाई उच्च शिक्षा अध्ययनका लागि विदेश पठाउने योजनामा हुनुहुन्छ ? आफ्नो योजना हुँदाहुँदै कहिलेकाही पैसाको अभावले गर्दा सपना पूरा नहुन पनि सक्छ । उच्च शिक्षाका लागि विदेश जाने अथवा आफ्ना सन्तानलाई उच्च शिक्षाका लागि विदेश पठाउने मन भएर पनि आर्थिक अभावका कारण त्यो सपना पूरा भएको छैन भने तपाईंको सपना नबिल बैंकले पूरा गरिदिन सक्छ ।

नबिल बैंकले उच्च शिक्षाका लागि विदेश जान चाहनेहरूको लागि सरल रूपमा शैक्षिक कर्जा उपलब्ध गराउँदै आइरहेको छ । जसको लक्ष्य उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुलाई कर्जा दिनु हो । बैंकले विदेश पढ्न जाने विद्यार्थीलाई शैक्षिक संस्था (कलेज/विश्वविद्यालय) हरुको शुल्क संरचना अनुसार १ करोड रुपैयाँसम्मको कर्जा उपलब्ध गराउँदै आएको छ ।

विद्यार्थीले सम्बन्धित कलेज/विश्वविद्यालयबाट भर्नाको लागि अफर–लेटर प्राप्त गर्नुअघि शैक्षिक कर्जाको लागि बैंकमा आवेदन गर्न सक्नेछन् । विद्यार्थीले प्रयासरत कलेज/विश्वविद्यालयको पाठ्यक्रम र त्यसको लागि लाग्ने अनुमानित खर्च प्रस्ट पार्ने कागजातसहित सम्पर्क गर्न सकिने बैंकले जनाएको छ। कर्जाको लागि प्रक्रिया सुरू गरेदेखि नै बैंकले आवश्यक काउन्सिलिङ समेत गराउँदै आइराखेको हुन्छ । बैंकका अनुसार त्यसरी विदेश जना चाहने विद्यार्थीले २० वर्षसम्ममा ऋण भुक्तानी गर्न पाउनेछन् । कोर्स अवधिसम्म कुनै सावाँ तिर्नु नपर्ने पनि बैंकले जनाएको छ । कोर्स अवधिसम्म ब्याज मात्र तिरेर कोर्स सकिएपछि भने सावाँ ब्याज भुक्तानी गर्दै जानुपर्छ ।

बैंकले न्यूनतम ७ देखि ३० लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउँदै आएको छ, भने अधिकतम एक करोड रुपैयाँसम्मको कर्जा उपलब्ध गराउँदै आएको छ । यसको ब्याजदर आधारदरमा २ देखि ३ प्रतिशतसम्म कायम हुने बैंकले जनाएको छ । जुन ब्याजदर घटबढसँगै घट्ने बढ्ने भइरहन्छ । स्थिर ब्याज रोज्ने ग्राहकले भने ११.९९ प्रतिशत ब्याज तिर्नुपर्ने बैंकले जनाएको छ ।

एकपटक लोन आवेदन दिइसकेपछि कारणवस भिसा अस्वीकार भएको खण्डमा त्यहिँ आवेदनलाई पुन: अप्लाई गर्न सकिने बैंकले जनाएको छ । बैंकले मुख्यतय अष्ट्रेलिया, न्यूजिल्याण्ड, क्यानाडा र युके अध्ययन गर्न चाहनेहरूको लागि यो कर्जा उपलब्ध गराउँदै आएको छ । त्यस्तै, नेपालका साथै र अन्य सबै देशहरूमा अध्ययन गर्न चाहनेहरूको लागि पनि सहजै कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ ।

कसरी लिने ऋण ?

यो ऋण लिनको लागि घर वा जग्गा धितो राख्नुपर्छ । जसको लागि घर परिवार भित्रैकै मान्छेको धितो चाहिन्छ भन्ने छैन । इच्छाइएको व्यक्तिको घरजग्गा धितो राखेर पनि ऋण लिन सकिन्छ ।

विद्यार्थीले सम्बन्धित कलेज/विश्वविद्यालयबाट भर्नाको लागि अफर–लेटर प्राप्त गर्नुअघि शैक्षिक कर्जाको लागि बैंकमा आवेदन गर्न सक्नेछन् । विद्यार्थीले प्रयासरत कलेज/विश्वविद्यालयको पाठ्यक्रम र त्यसको लागि लाग्ने अनुमानित खर्च प्रस्ट पार्ने कागजातसहित सम्पर्क गर्न सक्नेछन् ।

कर्जा लिने समयमा आवेदकको उमेर कम्तीमा १८ वर्ष र कर्जाको अवधि पूरा हुँदा अधिकतम ७० वर्ष कटेको हुनुहुँदैन ।

त्यसैगरी, धितो राखिने जग्गाको कित्तामा कम्तीमा ८ फिट चौडाईको मोटरबाटो हुनुपर्नेछ भने गुठी वा मोही नलागेको कित्ता हुनुपर्नेछ | तेस्रो पक्षको आंशिक धितो नभएको कित्ता हुनुपर्नेछ |

बैंकले मागेको आवश्यक प्रक्रिया पूरा गरेमा बैंकले छिटो र पारदर्शी रूपमै कर्जा स्वीकृति गर्दछ | बैंकले तपाईंको धितोको ७० प्रतिशत अर्थात् १०० रुपैयाँको धितो बराबर ७० रुपैयाँ कर्जा उपलब्ध गराउनेछ |

आवश्यक कागजातहरु
सुरक्षण/धितो
-जग्गाधनी प्रमाणपत्र (लालपूर्जा)
-राजीनामा वा बकसपत्र वा अंशवण्डा
-मालपोत तिरेको रसीद
-भवनको कर चुक्ता
-नापी नक्सा र ट्रेस नक्सा
-चार किल्ला प्रमाणित
-घरको स्वीकृत नक्सा
-निर्माण सम्पन्न पत्र
-भवन भएको अवस्थामा लालपूर्जामा घर कायम भएको

परिचयात्मक
-फोटो (२ प्रति)
-नागरिकता र/वा राहदानी
-नाताप्रमाणपत्र
-विवाह प्रमाणपत्र
-पछिल्लो छ महिनाको बैंक (निक्षेप तथा कर्जा) खाताको विवरण
-फर्म/कम्पनी दर्ता प्रमाणपत्र
-स्थायी लेखा नम्बर/मूल्य अभिवृद्धि कर प्रमाणपत्र
-प्रवन्धपत्र र नियमावली
-साझेदारी सम्झौतापत्र
-स्थायी लेखा नम्बर प्रमाणपत्र (५० लाख वा सोभन्दा बढी कर्जा रकममा)
-शैक्षिक संस्था (कलेज/विश्वविद्यालय) को अफर लेटर/आई २०, शैक्षिक संस्था (कलेज/विश्वविद्यालय) को भर्ना भएको कोर्षसम्बन्धी पत्र (सिओई) (प्रवेशाज्ञा बढाइएको अवस्थामा)
-अष्ट्रेलियन उच्चआयुक्तको अध्यागमन पत्र (प्रवेशाज्ञा बढाइएको अवस्थामा)
-शिक्षा मन्त्रालय (एमओई) को नो अब्जेक्सन लेटर
-स्थलगत नक्सा (आवास तथा कार्यालय)

आय स्रोत
-तलब प्रमाणपत्र
-बहालवालाको परिचयसहित भाडा सम्झौता (कुनै भए)
-पछिल्लो २ आर्थिक वर्षको लेखापरीक्षण गरिएको वित्तीय विवरण (कुनै व्यवसाय आय भए)
-निवृत्तिभरण कागजात
-नवीकरण भएको/वैध सवारीसाधन दर्ता प्रमाणपत्रको प्रतिलिपि रुट परमिट सहित (व्यावसायिक सवारीसाधनबाट आय भएमा)
-तलब प्रमाणपत्र, श्रम इजाजतपत्र, प्रवेशाज्ञासहित वैध राहदानी, भुक्तानी प्रमाण र बैंक खाता विवरण (यदि वैदेशिक रोजगारबाट आय भएमा)
-समान मासिक किस्तावन्दी (इएमआई) अन्य कर्जासम्बन्धी दायित्व कटाएर ऋणीको खूद आयको को ५०% भन्दा बढी हुनु हुनुहुँदैन |

समयानुकूल सेवा विस्तार गर्ने बैंक

अहिले मान्छे विश्व सुहाउँदो शिक्षा खोजिरहेका हुन्छन् । विश्वका जुनसुकै कुनामा पुगेर पनि आफूले चाहेको विषयमा ज्ञान हासिल गर्ने विद्यार्थीहरूमा हुटहुटी हुन्छ । तर आर्थीक अभावकै कारण कतिपय विद्यार्थीहरूको सपना पूरा नहुन सक्छ । यो समस्यालाई आत्मसाथ गर्दै नबिल बैंकले उक्त कर्जा ल्याएको जनाएको छ ।

त्यसरी ज्ञान हासिल गरिसकेपछि विधार्थी स्वदेश फर्किने र उसको ज्ञान सिप राष्ट्र निर्माणमा प्रयोग हुनेमा बैंक विश्वस्त छ । देशका लागि आवश्यक पर्ने दक्ष जनशक्ति निर्माण गर्न सक्दा देशको समृद्धिमा ठूलो टेवा पुग्ने बैंकले  जनाएको छ ।

समयानुकूल सेवालाई विस्तार गर्ने क्रममा नबिल बैंकले घरदेशदेखि परदेशसम्म छरिएर रहेका सबैलाई समेट्ने प्रयास गरिरहेको छ । पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारी र उच्च शिक्षा अध्ययनका लागि जानेहरूको संख्या दिनप्रतिदिन बढ्दो छ । विदेशमा रहेका नेपालीहरूलाई समेत सहज बैंकिङ सेवा प्रदान गर्न नबिल बैंकले आफ्नो सेवालाई थप विस्तारित र परिस्कृत गर्दै गइरहेको छ ।

बैंकले शिक्षिक कर्जा मात्र दिएको छैन, विदेशमा हुने नेपालीहरुलाई सहज होस् भनेर बैंकले अनलाइनबाट नै खाता खोल्न सक्ने सेवाको समेत विस्तार गरेको छ । जसले खाता खोल्न भौतिक उपस्थिति जनाउनुपर्ने बाध्यतामात्र हटेको छैन । वैदेशिक रोजगार अथवा उच्च शिक्षाका लागि विदेशिएकाहरुले सजिलै विदेशमै बसेर बैंक खाता खोल्न सक्नेछन् भने आफ्नै खातामा पैसा जम्मा गर्न सक्नेछन् ।

विदेशमा हुने नेपालीहरुलाई अझै बढी सेवा प्रदान गर्ने उद्देश्यका साथ नबिल बैंकले ‘एन रेमिट’ सेवा समेत सञ्चालनमा ल्याएको छ । जुन सेवामार्फत सेवाग्राहीले जुनसुकै देशमा रहेर पनि सजिलै नेपालमा पैसा पठाउन सक्नेछन् ।

नबिल बैंकले २ सय ६६ शाखा कार्यालय, ३ सय १३ एटीमए नेटवर्क, विप्रेषण एजेन्ट र अधिक पीएसओ टर्मिनल्सबाट बैकिङ सेवा उपलब्ध गराइरहेको छ । यस बैकको २०० सयभन्दा अन्तर्राष्ट्रिय बैकहरुसँग सहकार्य रहँदै आएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *