काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक आज साँझ बस्दैछ । नीति तथा अनुसन्धान विभागले तयार गरेको मौद्रिक नीतिलाई पारित गर्ने उद्देश्यले राष्ट्र बैंकले सञ्चालक समितिको बैठक आजै साँझ ५ बजेपछि बोलाएको स्रोतले जनाएको छ ।
सञ्चालक समितिको बैठकले पारित सम्भव भए आजै र आज सम्भव नभएमा मंगलबार बिहान मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ ।
आज नै अर्थ मन्त्रालयले आज चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने भएको छ । मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रम आज दिउँसो ३:३० बजेको लागि तय गरेको छ ।
Artha Sanjal






