यस्तो छ आज सुनचाँदीको मूल्य

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य स्थिर र चाँदीको मूल्य बढेको जानकारी दिएको छ। महासंघले हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य स्थिर कायम भएको र चाँदीको बढेको जानकारी दिएको हो।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ कायम छ। यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम छ। हिजो पनि यही मूल्यमा सुनको कारोबार भएको थियो।

गत साताको शुक्रबारको तुलनामा भने हिजो सुनको मूल्य घटेर कारोबारमा आएको थियो। गत साताको शुक्रबार सुनको मूल्य तोलामा १ लाख १८ हजार ५०० कायम थियो। जुन, आइतबार कारोबार खुल्दा ५०० रुपैयाँले घटेर कारोबारमा आएको थियो।

यसबाहेक, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर कारोबारमा आएको छ। यससँगै, आज चाँदीको मूल्य तोलामा १३ सय ९५ रुपैयाँ कायम छ। हिजो आइतबार तोलामा १३ सय ९० रुपैयाँ थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *