नाक-मुखबाट रगत बगेर जहाजमा एक यात्रुको मृत्यु

काठमाडौं । लुफथान्साको जहाजमा रगत बगेर ६३ वर्षीय वृद्धको मृत्यु भएको छ। बिहीबार श्रीमतीसँग थाइल्यान्डको बैंककबाट जर्मनीस्थित म्युनिख जाँदै गरेका उनको ह्वालह्वाली बगेका कारण ज्यान गएको बिजनेश इन्साइडरले जनाएको छ।

स्वीट्जरल्याण्डका नर्सिङ विशेषज्ञहरू मार्टिन र करिन मिसफेल्डर पनि उनीहरू बसेकै पंक्तिमा बसेका थिए। मिसफेल्डरका अनुसार जहाज चढ्नेबेलामै वृद्ध अस्वस्थ देखिएका थिएोमा अत्यधिक रक्तश्रावका कारण उनको ज्यान गएको हो।

‘उनलाई पसिना आइरहेको थियो र छिटोछिटो स्वास फेरिरहेको बताइएको छ। वृद्धकी श्रीमतीले हतारमा दौडिएर फ्लाइटमा पुगाएका कारण उक्त घटना घट्न पुगेको बताइएको छ।

चालकदल सदस्यहरूले उनलाई फ्लाइटमा राख्न हिचकिचाए पनि पछि फ्लाइटमा राखिएको थियो। जहाज उडिसक्दा पनि वृद्धको स्वास्थ्यमा सुधार नभएपछि करिन मिसफेल्डरले चालक दललाई फ्लाइटमा कोही डाक्टर भए/नभएको बुझ्न अनुरोध गरेकी थिइन्।

क्याप्टेन आफैंले आएर ती वृद्धसँग कुराकानी गरेपछि लाउडस्पिकरमा आह्वान गरी डाक्टर बोलाइएको थियो। अन्दाजी ३० वर्षीय पोल्यान्डका डाक्टर उक्त फ्लाइटमा उपस्थित थिए। डाक्टरले वृद्धको उपचार गरेको केहीबेरमै स्थिति झन् खराब हुँदै गएको मिसफेल्डरले बताएकी छन्।

बिहीबार बिहान १२:०७ मा उडेको उक्त जहाज वृद्धको मृत्यु भएपछि बैंकक अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गरिएको थियो। एजेन्सी

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *