लगातार घट्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । सुनको भाउमा लगातार गिरावट आएको छ।

साताको अन्तिम कारोबारमा दिन शुक्रबारमा पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको छ। योसँगै छापावाला सुन  प्रतितोला  १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी  सुन १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ।

चाँदीको भाउ भने आज तोलामा २५ रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *