काठमाडाैं । सुनको भाउमा लगातार गिरावट आएको छ।
साताको अन्तिम कारोबारमा दिन शुक्रबारमा पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको छ। योसँगै छापावाला सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ।
चाँदीको भाउ भने आज तोलामा २५ रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो।
Artha Sanjal






