निर्जीवन बीमा कम्पनीको व्यवसाय : भदौमा ७ अर्ब बढी प्रिमियम कलेक्सन, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो महिना अर्थात् भदौसम्म निर्जीवन बीमा कम्पनीहरुले कुल ७ अर्बभन्दा लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ निर्जीवन बीमा कम्पनीले ७ अर्ब ८ करोड ४८ लाख बीमा शुल्क आर्जन गरेका हुन्।

चालु आर्थिक वर्षको भदौ मसान्तसम्म सबैभन्दा बढी प्रिमियम भित्र्याउनेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ। कम्पनीले यस अवधिसम्म ९१ करोड ४७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ७३ करोड ४१ लाख रुपैयाँ बीमा शुल्कसहित दोस्रो स्थानमा छ ।

त्यस्तै, शिखर इन्स्योरेन्स तेश्रो स्थानमा झरेको छ । इन्स्योरेन्सले ६६ करोड २४ लाख रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ६४ करोड २१ लाख रुपैयाँ बराबरको प्रिमियम कलेक्सनसहित चौथो स्थानमा छ ।

पाँचौं स्थानमा आईजीआई प्रुडेन्सियल र छैटौंमा नेको इन्स्योरेन्स रहेका छन् । भदौसम्ममा आईजीआई प्रुडेन्सियलले ५५ करोड र नेकोले ५२ करोड ६४ लाख रुपैयाँ बराबरको प्रिमियम उठाएका छन् ।

राष्ट्रिय बीमा कम्पनीले ५१ करोड २९ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । युनाइटेड इन्स्योरेन्सले ४५ करोड ३० लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

एनएलजी ४२ करोड ८९ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्स ४१ करोड ४३ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । सानिमा जिआईसीले ४१ करोड ४३ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ ।

त्यस्तै, नेशनल इन्स्योरेन्सले ३० करोड ६ लाख र नेपाल इन्स्योरेन्सले २६ करोड ६१ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । सबैभन्दा कम बीमाशुल्क नेपाल इन्स्योरेन्सले आर्जन गरेको छ ।

त्यस्तै, यता दुई निर्जीवन लघु बीमा कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले भने ३ लाख ९५ हजार रुपैयाँ प्रिमियम कलेक्सन गरेका छन्। नेपाल माइक्रोले २ लाख ७६ हजार र प्रोटेक्टिभले १ लाख १९ हजार रुपैयाँ प्रिमियम कलेक्सन गरेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *