काठमाडौं । सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त पशुपति सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडबाट रकम लिनुपर्ने भए दाबी गर्न आग्रह गरेको छ। समितिले ३५ दिन भित्र दाबी पेश गर्न बचतकर्ताहरुलाई आग्रह गरेको हो।
समस्याग्रस्त संस्था वा संघका सदस्य बचतकर्ता तथा साहुहरुलाई आफुले पाउनु पर्ने रकमको सप्रमाणसहित समितिको वेवसाइट www.coopmc.gov.np मा गई अनलाईन मागदावी आवेदनमार्फत सप्रमाण दावी पेशगर्न सक्नेछन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्रीस्तरको मिति २०८०/०४/०१ को निर्णयानुसार पशुपति सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, मानभवन, ललितपुरलाई सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा गरिएको थियो।







