काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ ।
यस अवधिसम्ममा संस्थाले ८१ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६९ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.९३ प्रतिशतले बढेको छ ।
संस्थाको सञ्चालन मुनाफा १६.६४ प्रतिशतले बढे १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ९९ करोड ५२ लाख रुपैयाँ रहेको थियो।
समीक्षाको अवधिमा संस्थाले खुद ब्याज आम्दानी पनि २३.९७ प्रतिशतले बढेर १ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्म यस्तो नाफा १ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो ।
कम्पनीको १ अर्ब ८५ करोड निक्षेप र १९ अर्ब २९ करोड कर्जा सापटि लिई ४४ अर्ब ३६ करोड कर्जा परिचालन गरेको छ ।
चुक्तापुँजी ३ अर्ब २३ करोड रुपैयाँ रहेको संस्थाको सेयर प्रिमियममा १ करोड ८२ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य मुनाफा १ अर्ब ७३ करोड रुपैयाँ रहेको छ। यो हिसाबले संस्थाको लाभांश ५३ प्रतिशतको हाराहारीमा देखिन्छ।
संस्थाको निष्कृत कर्जा अनुपात ०.६१ प्रतिशत रहेकोछ भने अघिल्लो वर्ष ०.६८ प्रतिशत रहेको थियो ।
यस अवधिसम्ममा संस्थाको प्रतिसेयर आम्दानी ४०.६९ रुपैयाँ रहेको छ भन अघिल्ला आर्थिक वर्षमा ४४.५८ रुपैयाँ रहेको थियो । त्यसैगरी प्रतिसेयर नेटवर्थ २५९.३९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २२.०९ गुणा रहेको छ ।






