कस्तो छ रुरु जलविद्युतको वित्तीय अवस्था ?

काठमाडौं । गत आर्थिक वर्षको अन्त्यसम्म रुरु जलविद्युत परियोजना लिमिटेडको नाफामा गिरावट आएको छ । कम्पनीको विद्युत बिक्री आम्दानी घट्दा नाफा समेत प्रभावित बनेको हो ।

सो अवधिसम्म कम्पको खुद नाफा २६.०९ प्रतिशतले घटेर ६ करोड ८८ लाख रुपैयाँमा खुचिएको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ९ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको थिय।

कम्पनीको विद्युत बिक्रीको आम्दानी १६.६३ प्रतिशतले घटेर १३ करोड ४९ लाख रुपैयाँमा सीमित बनेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी १६ करोड १९ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी ४९ करोड ३३ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १५ करोड ९२ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो वर्ष रिजर्भमा १३ करोड ८२ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको ईपीएस घटेर १३.९५ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस २०.७६ रुपैयाँ थियो । मूल्य अनुपात आम्दानी (पीई रेसियो) ५३.७४ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १३२.२८ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *