बाँकी रहेका १३ वटा प्याकेजमा भेटिएन सुन

काठमाडौं । तस्करीको सुनसँगै क्याथे प्यासेफिकको विमानबाट आएका बाँकी प्याकेजहरुमा सुन फेला नपरेको राजश्व अनुसन्धान विभाग जनाएको छ । बाँकी प्याकेजहरुमा पनि सुन हुनसक्ने आशङ्कामा राजश्व अनुसन्धान विभागको टोलीले जाँच गरेको छ । तर ती प्याकेजहरूमा सुन भने फेला नपरेको विभागले जनाएको छ ।

विभागका अनुसार उक्त विमानबाट ३६ वटा प्याकेज आएका थिए । कार्यालयमा १३ वटा प्याकेज बाँकी रहेका थिए । ती १३ वटा प्याकेजहरुमा सुन नभेटिएको विभागले जनाएको छ ।

बुधबार विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो समातेको थियो । सुन असार ३० मा हङकङकबाट काठमाडौँ ल्याइएको थियो । क्याथे प्यासेफिकको उडानमार्फत आएको सामान मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ भनेर मगाएको भेटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *