काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणको सुन बरामद भएको छ । हङकङबाट ल्याइएको अवैध सुन करिब १०० किलो रहेको बताइएको छ ।
त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले जाँच पास गरेको सुन राजश्व अनुसन्धान विभागले फेला पारेको छ।
बुधवार बेलुका विभागले विमानस्थलको भन्सार नाका पास भएर आएको सामान नियन्त्रणमा लिएको थियो।
राजश्व अनुसन्धान विभागको टोलीले सुन बरामद गरेकाे विभागका महानिर्देशक नवराज ढुंगानाले पुष्टि गरे । अहिले पनि अपरेशन चलिरहेको छ । विशेष सूचनाका आधारमा राजश्वको टोली विमानस्थल भन्सारमा छापा हान्दा उक्त सुन फेला परेको हो ।
सो क्रममा स्कुटर र मोटरसाइकलको ब्रेक सुमा भित्र लुकाएर ल्याएको अवस्थामा सुन बरामद भएको हो । सुन कसको हो भन्नेबारे खुल्न सकेको छैन भने यसबारे अनुसन्धान भइरहेको बताइएको छ ।
Artha Sanjal







