नेपाल एअरलाइन्सको न्यारोबडी जहाजमा समस्या आउँदा मलेसियामा डेढ सय यात्रु अलपत्र

काठमाडौं। नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजमा समस्या आएर क्वालालम्पुरमा रोकिएपछि विमानबाट काठमाडौं फर्किन लागेका १ सय ५२ यात्रु विमानस्थलमा अलपत्र परेका छन् । चालकदललाई आवश्यक पर्ने अक्सिजन अभावले काठमाडौं फर्किन लागेको नेपाल वायुसेवा निगमको न्यारोबडी विमान मलेसियाको क्वालालमपुर अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टादेखि रोकिएको हो ।

नाइन एन एकेडब्लु कलसाइनको न्यारोबडी जहाज मर्मत गरेर उडाएको ५ घण्‍टामै जहाजको ककपिटमा अक्सिजन अभावको समस्या आएपछि उडान रोकिएको हो। उक्त जहाज मंगलबार बिहान ९ः३५ बजे क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाडौं अवतरणको तालिका थियो। उतै ग्राउन्डेड भएपछि यात्रुहरु अलपत्र भएका छन्।

उडान प्रभावित भएपछि अहिले छानबिन गर्न समिति गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *