नेपालद्वारा बहराइन ३१ रनमा अलआउट

काठमाडौं । मलेसियामा जारी आइसीसी महिला टी-ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपालद्वारा बहराइन ३१ रनमा अलआउट भएको छ ।

मलेसियाको सिलोंग्र ट्रफमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १५ दशमलब ४ ओभरमा ३१ रनमा अलआउट भयो ।

बहराइनले १.५ ओभरमा ७ रन बनाएका बेला पहिलो विकेट गुमायो । उसकी रसिका खाता नै नखोली आउट भइन् । उनलाई पूजा महतोले एलबीडब्ल्यू आउट गरेकी हुन् ।

अर्की ओपनर एचजी थरंगा आउट भइन् । उनलाई पुजा कुँवरले आउट गरिन् । थरंगशालो १४ बल फेस गर्दा ४ रन बनाइन् । टिमको स्कोर ८ रन भएका बेला बहराइनले तेस्रो विकेट गुमाएको थियो ।

बहराइनकी अविरा अलीले खाता खोल्न असफल भइन् । त्यसपछि दिपीका रसंगिका हेराथ र इसाार मधुवन्ती मिलेर पारि अघि बढाउने प्रयास गरेका थिए । तर, ८.३ ओभरमा २३ रन पुगेका बेला कप्तान दिपीका व्यक्तिगत ११ रन बनाएर आउट भइन् ।

यस्तै पाँचौं विकेटको रुपमा इसारा मधुवन्ती ५ रन बनाएर आउट भइन भने प्रज्ना जग्दीशले खाता नखोल्दा बहराइनले छैटौं विकेट गुमायो ।

सातौं विकेटको रुपमा टिमको स्कोर २५ रन भभएका बेला पभिथिरा निसान्त सेट्टीले १ रन बनाएर पभेलियन फर्किदा आठौं विकेटको रुपमा रुपमा जेनी आसा समलदिनले ५ रन जोड्दै आउट भइन् । उनी आउट हुँदा बहराइनले १२.४ ओभमा ८ विकेट गुमाएर ३१ रन बनाएको थियो

नवौं विकेटको रुपमा मनाल मलिक खाता नै नखोली आउट भइन् । उनले १२ बल फेस गरिन् । अन्तिम विकेटको रुपमा सदमाली पभेलियन पर्किइन् । उनले पनि खाता खोल्न सकिनन् ।

नेपालका लागि कविता कुँवरले ४ ओभर बलिङ गर्दा २ ओभर मेडन राख्दै ७ रन खर्चिएर १ विकेट हात पारिन् । यसैगरी पुजा महतोले २ ओभर बलिङ गर्दा ४ रन खर्चिएर १ विकेट हात पार्दा कप्तान रुविना क्षत्रीले ३ ओभरमा ८ रन खर्चिएर १ विकेट लिइन् ।

नेपालका लागि इन्दू वर्मा सर्वाधिक सफल सावित भइन् । उनले ४ ओभर बलिङ गर्दा २ ओभर मेडन राखेर ५ रन खर्चिदैं ३ विकेट लिइन् । खुसी डंगोलले १.४ ओभर बलिङ गर्दा सबै मेडन राख्दै २ विकेट लिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *