वनमन्त्री डा.महतोद्वारा जङ्गी अड्डा अवलोकन,प्रकृति संरक्षणमा प्रविधि विकास गर्नुपर्ने जोड

काठमाडौं। वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले जङ्गी अड्डाको अवलोकन गरेका छन्। महतोले प्रकृति संरक्षणअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय र वन तथा पर्यावरण सुरक्षा निर्देशनालयमार्फत नेपाली सेनाले सञ्चालन गरिरहेका गतिविधिको जानकारी लिने उद्देश्यले अवलोकन गरेका हुन्।

प्रधान सेनापति प्रभुराम शर्माले बिहीबार मन्त्री महतोलाई जङ्गी अड्डामा स्वागत गर्दै २०३२ सालदेखि नेपाल सरकारको निर्णयबमोजिम नेपाली सेनाले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष तथा संरक्षित क्षेत्रमा तैनाथ रही वन्यजन्तु तथा प्रकृति संरक्षणका क्षेत्रमा गरिरहेका सार्थक प्रयासबारेमा अवगत गराए।

 

मन्त्री डा. महतोले प्रकृति संरक्षणका क्षेत्रमा हाल प्राप्त उपलब्धिमा नेपाली सेनाको भूमिकाको खुलेरै प्रशंसा गरे । उनले नेपाली सेनाको सहभागिता विना प्रकृति तथा पर्यावरण संरक्षणका प्रयासहरु प्रभावकारी नहुने बताए। उनले जलवायु परिवर्तनले पारेको असर, मानव वन्यजन्तु द्वन्द्व र मानव अतिक्रमण प्रकृति संरक्षणमा मुख्य चुनौतीका रुपमा रहेको भन्दै प्रकृति संरक्षणमा प्रविधिको प्रयोग बढाउनुपर्ने बताएका छन्।

प्रधान सेनापति प्रभुराम शर्माका अनुसार हाल नेपाली सेनाको लगभग १० प्रतिशत फौज प्रकृति संरक्षणमा तैनाथ छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *