गोरखामा जन्ति बोकेको बस दुर्घटना हुदा ५ को मृत्यु, १२ जना घाइते

काठमाडौं ।  गाेरखामा जिप दुर्घटना हुदाँ पाँचजनाको मृत्यु भएको छ । गोरखाको सहिद लखन गाउँपालिका ३ स्थित चिलिङकोटमा प्रदेश नंं ३, ०१–०२३ च २४२७ नम्बरको टाटा जिप दुर्घटना हुँदा पाँच जनाकाे मृत्यु भएकाे हाे ।

राती १ बजेको आसपासमा दुर्घटनामा परेको सो जिपमा १९–२० जना सवार भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । जिल्ला प्रहरी कार्यालयका नायव प्रहरी उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेका अनुसार जीपमा सवार घाइते १२ जनालाई भने आबुखैरेनी अस्पतालमा लगिएको छ ।

बिहेको लागि टिकोटालो गरेर फर्किएको जिप दुर्घटनामा परेको हाे । बेहुलीको घरदेखि करिब तीन–चार सय मिटर मात्रै अगाडि पुगे पछि सो जिप दुर्घटनामा परेको थियो ।  विस्तृत विवरण आउन बाँकी  छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *