विश्वकपको ग्लोबल छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टीमले पहिलो अभ्यास खेलमा स्कटल्याण्डसँग ७ विकेटको पराजय व्यहोरेको छ ।
दक्षिण अफ्रिकाको टक्स ओभलमा टस हारेर ब्याटिङ थालेको नेपालले २८.५ ओभरमा सबै विकेट गुमाउनुअघि १३२ रनको मात्रै योगफल बनाउन सक्यो ।
दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको स्कटल्याण्डले २९ ओभरमा ३ विकेट गुमाएर १३३ रन बनाउँदै निर्धारित लक्ष्य पूरा गर्यो ।
Artha Sanjal






