काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ बिहीबार (जेठ २५ गते) बाँडफाँट गरिने भएको छ। लघुवित्तको एफपीओ धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा बिहीबार बिहान ९ बजे बाँडफाँट गर्न लागिएको हो छ।
युनिक नेपाल लघुवित्तले गत जेठ ११ गतेदेखि जेठ १७ गतेसम्म साधारण सेयरको एफपीओ बिक्री खुला गरेको थियो । संस्थाले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँको एफपीओ बिक्री खुला गरेको थियो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ जारी गरेको थियो।
निष्काशनको अन्तिम दिन साँझसम्म यो एफपीओमा १४ लाख ४ हजार ७ आवेदकबाट १ करोड ६३ लाख ३ हजार २० कित्ता सेयर माग भएको छ । जुन मागभन्दा ४२.९६ गुणाले बढी हो।
मागभन्दा बढी आवेदन परेका कारण यो एफपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी ३७ हजार ९४२ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनै आवेदकमध्ये ५ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।






