आगामी आर्थिक वर्षको मौद्रिक नीति साउन १५ भित्र आउँछ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति साउन १५ भित्र आइसक्ने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा गभर्नर अधिकारीले बजेटले लिएको लक्ष्यलाई पूर्ति गर्ने गरि नै साउन १५ सम्ममा मौद्रिक नीति ल्याउने बताएका हुन्।

उनले राष्ट्र बैंकले निर्धारित समयभित्रै बजेट ल्याउन मौद्रिक नीतिका लागि सुझाव माग गर्न थालिएको बताए । उनले असारको दोस्रो हप्ता मौद्रिक नीतिको तयारीको लागि अन्तरक्रिया गरिने पनि जानकारी दिए ।

प्राप्त सुझावका आधारमा मौद्रिक नीति बनाइने र देशको आवश्यकताको आधारमा नीतिहरु बनाइने बताए । उनले भने सबै सुझावलाई समेट्न सकिँदैन तर आवश्यकताको आधारमा लचिलो मौद्रिक नीति आउँछ । सबै कुरा एकै पटक सम्बोधन हुने नसक्ने भएकोले केहि समयको लागि कुनै पक्षले केहि पिडा सहन सक्नु पर्ने उनको भनाई छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *