काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा युनाइटेड मोदी हाइड्रोपावरको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको ८ लाख ५ हजार कित्ता सेयर सूचीकृत भएको हो ।
गत वर्षका लागि यो कम्पनीले आफ्ना सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही सेयर नेप्सेमा सूचीकृत भएको हो ।
Artha Sanjal






