सुनको मूल्य बढ्दा घट्यो चाँदी, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ।

हिजो सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३६५ रुपैयाँमा किनबेच भएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *