कामना सेवा विकास बैंकको करिब साढे २ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंकको करिब साढे २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले २ लाख ४४ हजार ९५४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

यो सेयरमा इच्छुक अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । यसअघि ३५ दिनको सूचना जारी गरी संस्थापक सेयरधनीहरुलाई बिक्री खुला गरिएकोमा आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिएको बैंकले जनाएको छ।

अब यो सेयरमा ३५ दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी काठमाण्डौको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले लिन चाहेको सेयर संख्या र दररेट खुलाई खरिद आवेदन दिनुपर्नेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *