सनराइज बैंकले डाक्यो वार्षिक साधारणसभा,यस्ता छन् एजेन्डा

काठमाण्डौ । सनराइज बैंक लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभाको मिति तय गरेको छ। सञ्चालक समितिको जेठ ८ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार ३ गते गर्ने निर्णय गरेको हो। सभाले सनराइज बैंक र लक्ष्मी बैंक आपसमा गाभिने (मर्जर)सम्बन्धी सञ्चालक समितिको विशेष प्रस्ताव पारित गर्नेछ। सभा काठमाण्डौको बालुवाटरस्थित आम्रपाली बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभलो मर्जर प्रयोजनका लागि मूल्यांनकर्ताले तयार गरेको बैंकको चल तथा अचल सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात र अन्तिम सम्झौतापत्र अनुमोदन गर्नेछ।

सभाले मर्जर सम्बन्धमा गरिने अन्तिम सम्झौतापत्र अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नुका साथै आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ।

दुवै बैंकको स्वप रेसियो १ः१ हुनेछ भने मर्जरपश्चात बन्ने बैंकको नाम ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’ रहने बैंकले जनाएको छ। त्यस्तै प्रमुख कार्यकारी अधिकृत (सीईओ ) मा लक्ष्मी बैंकका अजयविक्रम शाह हुने सहमति भएको छ।

वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले जेठ २३ गते बुक क्लोज गर्ने निर्णयअनुसार जेठ २२ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *