भारी अंकले बढ्यो नेप्से, दुई अर्ब माथिको कारोबार

सेयर बजारमा मंगलबार भारी अंकको बढोत्तरीका साथ हरियाली छाएको छ।

बजार आज  नेप्से परिसूचक ५१.३१ अंकले बढेर १९४२.६३ को विन्दुमा उक्लिएको छ। त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ८.८३ अंकले बढेर ३६७.७२ को विन्दुमा पुगेको छ।

कारोबार रकम बढेर सवा २ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। आज नेप्सेमा सूचीकृतमध्ये २७१ कम्पनीकाको ६० लाख ६७ हजार ४३२ कित्ता सेयर २ अर्ब २० करोड २३ हजार ९४६ रुपैयाँमा किनबेच भएका छन् ।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। आज कारोबार भएका कम्पनीमध्ये २१९ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने २ वटा कम्पनीको सेयरमूल्य घटेको छ । १ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ४.०५ प्रतिशतले उकालो लागेको छ। लघुवित्त समूह ४.०३ प्रतिशतले बढ्दा बैंकिङ समूहमा १.७३ प्रतिशत, विकास बैंक समूहमा २.३६ प्रतिशत, वित्त समूहमा ३.०९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ३.४५ प्रतिशत, जलविद्युत समूहमा २.७३ प्रतिशत, लगानी समूहमा २.८१ प्रतिशत, जीवन बीमा समूहमा ३.८० प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.५५ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.९१ प्रतिशत, अन्य समूहमा २.३७ प्रतिशत र व्यापार समूहमा ३.८० प्रतिशतको बढोत्तरी भएको छ।

आज सिमेन्टको सर्वाधिक १० करोड ५ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

नेपाल टेलिकम, एनआईसी एसिया बैंक, हिमालयन एभरेस्ट इन्स्योरेन्स, हिमालयन डिस्टिलरी, सूर्यज्योति लाइफ इन्स्योरेन्स, युनिलिभर नेपाल, नागरिक लगानी कोष, एभरेस्ट बैंक र नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *