एनएमबि क्यापिटलको कार्यालय स्थानान्तरण

एनएमबि क्यापिटलको कार्यालय स्थानान्तरण गरिएको छ।

एनएमबि क्यापिटलको कार्यालय काठमाण्डौको बालुवाटार–४ स्थानान्तरण गरिएको थियो। स्थानान्तरित कार्यालयको आज वैशाख २४ गते उद्घाटन गरिएको छ।

यसअघि एनएमबि क्यापिटलको कार्यालय काठमाण्डौको नागपोखरी–१मा रहेको थियो।

ग्राहक, कर्मचारी र साझेदारलाई थप सेवा–सुविधा प्रदान गर्ने उद्देश्य बालुवाटर–४ (राष्ट्र बैंकको दक्षिणपट्टि)मा कार्यालय स्थानान्तरण गरिएको एनएमबि क्यापिटलले जनाएको छ। कार्यालय स्थानान्तरण भएको स्थान काठमाण्डौका मुख्य सहरबाट सजिलै पुग्न सकिने क्यापिटलले जनाएको छ। नयाँ कार्यालय आधुनिक र सुविधाजनक वातावरणमा ग्राहक र कर्मचारीका लागि सेवा पाउन र प्रवाह गर्न सक्ने क्यापिटलले जनाएको छ। सेवालाई थप गुणस्तरीय बनाउन कम्पनीले नयाँ पूर्वाधारमा लगानी गरेको जनाएको छ।

कार्यालय स्थानान्तरण भए पनि ग्राहकले सेवासुविधाबारे जानकारी लिन पहिलेकै ई–मेल आईडीमार्फत सोधपुछ गर्न सक्ने क्यापिटलले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *