आशा लघुवित्तको खराब कर्जा बढ्दा नाफा प्रभावित, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चैत मसान्तसम्म संस्थाको खुद नाफा ७३.२४ प्रतिशतले घटेर ३ करोड ३० लाख रुपैयाँमा खुम्चिएको छ । गत वर्ष यही अवधिसम्म संस्थाले १२ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

संस्थाको खुद ब्याज आम्दानी पनि २७.९५ प्रतिशतले घटेर १८ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी २५ करोड ५८ लाख रुपैयाँ रहेको थियो।

संस्थाको सञ्चालन मुनाफा ७३.२८ प्रतिशतले घटेर ४ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ। गत वर्ष यही अवधिसम्म संस्थाको यस्तो मुनाफा १७ करोड ६१ लाख रुपैयाँ रहेको थियो।

लघुवित्तको खराब कर्जा बढ्दा इम्पेयरमेन्ट चार्ज पनि बढ्नुले नाफा प्रभावित भएको छ । यो अवधिसम्म संस्थाको इम्पेयरमेन्ट चार्ज बढेर ४ करोड ९ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिसम्म यस्तो चार्ज ५९ लाख ४२ हजार रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिसम्म संस्थाले २ अर्ब ६९ करोड रुपैयाँ सापटी लिई ५ अर्ब १८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ।

चुक्तापुँजी ३८ करोड १६ लाख रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा ३५.५९ प्रतिशतले घटेको छ । संस्थाको खराब कर्जा अनुपात (एनपीएल) २.९२ प्रतिशतले बढेर ४.९३ प्रतिशत पुगेको छ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३६.९८ रुपैयाँबाट घटेर ८.६६ रुपैयाँमा सीमित बनेको छ। मूल्य अनुपात (पीई रेसियो) ६४.९४ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १४५.७० रुपैयाँ रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *