आँखुखोला जलविद्युतको नाफा घट्दा अन्य सूचक कस्ता छन् ?

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

चैत मसान्तसम्म कम्पनीको खुद नाफा ७१.५८ प्रतिशतले घटेर ८६ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिमा कम्पनीले ३ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानी पनि ११.०९ प्रतिशतले घटेर १५ करोड ४५ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १७ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको थियो।

चुक्तापुँजी ८० करोड रुपैयाँ रहेको कम्पनीको अन्य इक्विटी २३ करोड रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष अन्य इक्विटी २३ करोड २९ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।

कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १.४४ रुपैयाँ, पीई रेसियो १५६.०३ गुणा र नेटवर्थ ७१.२५ रुपैयाँ रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *