काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले २ करोड २९ लाख ४ हजार रुपैयाँ नोक्सानमा छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ करोड २७ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअवधिमा विद्युत् बिक्रीबाट र अन्य स्रोतबाट हुने आम्दानी घटेकाले खुद नाफा प्रभावित भएको हो । यसअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी १९.४१ प्रतिशतले घटेर २ करोड ९१ लाख ४१ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ करोड ६१ लाख ६० हजार रुपैयाँ विद्युत् बित्रीबाट आम्दानी गरेको थियो ।
गत वर्ष ४ करोड ३७ लाख ९० हजार रुपैयाँ रहेको अन्य स्रोतबाट हुने आम्दानी यो वर्ष ३ लाख ४५ हजार रुपैयाँमा सीमित भएको छ ।
चैत मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी १ अर्ब ६४ करोड ५० लाख १६ हजार रुपैयाँ र जगेडा कोषमा ८३ लाख ३ हजार रुपैयाँ छ ।
कम्पनीको प्रतिसेयर आम्दानी पनि वार्षिक १ रुपैयाँ ५९ पैसा नोक्सानमा छ । प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ४१ पैसा छ ।






