चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ५० हजार मत कटाएका छन् । ७० हजार २३९ मत गणना हुँदा लामिछानेले ५० हजार ७९ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको ९ हजार १६५ मत आएको छ । त्यसैगरी नेकपा एमालेका रामप्रसाद न्यौपानेले आठ हजार ८७७ मत ल्याएका छन् ।
सो क्षेत्रमा कुल ७८ हजार २७७ मत खसेको थियो । अब करिब ८ हजार मात्र मत गणना हुन बाँकी छ ।







