


सिटि होटेल लिमिटेडले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले मंगलबार बिहान शेयर बाँडफाँड गरेको हो।
क्यापिटलका अनुसार यस आईपिओमा कुल १९ हजार ७ सय ४८ जनाको आवेदन परेको थियो। जस मध्ये १९ हजार ७ सय ३९ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफांड गरिएको छ । जस अनुसार १६ हजार ७ सय ४० जनाले १० कित्ताको दरले शेयर पाएका छन् ।
कम्पनीले चैत्र २१ देखि वैशाख ५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई आईपिओ बिक्रि खुला गरेको थियो। कम्पनीले वैदेशीक रोजगारीमा रहेका नेपाली श्रमिकलाई १ लाख ६७ हजार ४ सय कित्ता शेयर निष्काशन गरेको थियो।
नेपाली श्रमिकलाई छुट्याईएको शेयर बाँडफाँड भएसंगै कम्पनीले सर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने छ। कम्पनीले आम सर्बसाधारणलाई बैशाख २५ गतेदेखि आईपिओ निष्काशन गर्ने छ । कम्पनीले ८३ हजार ७ सय कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याएको छ भने कम्पनीका कर्माचारीलाई ६६ हजार ९ सय ६० कित्ता शेयर छुट्याईएको छ । बाँकि रहेको १३ लाख ५५ हजार ९ सय ४० कित्ता शेयरको लागि आम सर्बसाधारणले आवेदन दिन सक्ने छन् । सर्वसाधारणलाई निष्काशन गरिने शेयरमा बैशाख २८ गतेसम्म आवेदन दिन सकिने छ ।
यसरी कम्पनीले कुल १६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।.हाल कम्पनीको जारी पुँजी १ अर्ब ६७ करोड रहेको छ।
कम्पनीले गतवर्षको कार्तिक १५ बाट सोल्टिमोड, काठमाडौँमा पाँच तारे होटल, ह्यात प्लेस सञ्चालनमा ल्याएको छ । उक्त होटलमा गोल्यान ग्रुप, कमलेश अग्रवाल, हरिशचन्द्र सुवेदी लगायतका देशका प्रख्यात उद्यमी व्यापारी वर्गहरुको लगानी रहेको छ । १५३ ओटा कोठा रहेको उक्त पाँच तारे होटलमा लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, ब्यांक्वेट हल, जिम, स्विमिङ्ग पुल र ४०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु रहेका छन्।
अमेरिकामा रहेको ह्यात होटेल कर्पोरेशनको चेन ब्राण्डको रुपमा विश्वका विभिन्न देशहरुमा १,००० ओटा भन्दा बढि अन्तराष्ट्रिय स्तरको ह्यात होटलहरु स्थापना भइ सञ्चालन भइरहेका छन् । सोहि अन्तराष्ट्रिय ब्राण्डको रुपमा ह्यात प्लेस सोल्टिमोडमा पाँच तारे होटलको रुपमा सञ्चालनमा आएको हो ।
आईपिओको नतिजा विभिन्न ३ तरिकाबाट हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट https://www.globalimecapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

अर्थ सन्जाल