सिद्धार्थ बैंक र हेल्थ केयर अस्पतालबीच सम्झौता

सिद्धार्थ बैंक लिमिटेड र नेपालगञ्जस्थित श्री हेल्थ केयर अस्पताल तथा प्रसुति गृहबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट नेपालगञ्ज शाखा प्रमुख किरण राणा मगर तथा अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक डा. मञ्जु बी. सी. शाहले हस्ताक्षर गरेका छन्। उक्त सम्झौता अनुसार बैंकका ग्राहकले अस्पताल तथा प्रसुति गृहमा बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ तथा क्युआर मार्फत भुक्तानी गर्दा विभिन्न स्वास्थ्य सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछ।

यस सुविधाले ग्राहकलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *