काठमाडौं । इन्टरनेट र आईपिटिभीका साथ सिजी नेटले जनताको आवश्यकताहरुलाई मध्यनजर गर्दै ‘स्पिड दमदार प्राइस शानदार’ अफर ल्याएको छ ।
यस अफर अन्तर्गत १३० एमबिपिएस ७९९ रुपैयाँमा, २५० एमबिपिएस १०४९ रुपैयाँमा तथा ३५० एमबिपिएस नेट १२९९ प्रति महिनामा नेटको सुबिधाका साथ सिजी नेटले आफ्ना प्रयोगकर्तालाई तीन लाख रुपैयाँ सम्मको दुर्घटना बीमा र सिजीका घडी, इयरफोन लगायत अन्य अरु घरायसी सामाग्रीको खरिदमा ३५ प्रतिशतसम्मको डिस्काउन्ट अफर लिएर आएको छ ।
सिजी नेट जोडेर प्रयोगकर्ताहरुले चार लाख नेपाली रुपैयाँ बराबरको यी सबै सुविधाहरुको फाइदा सजिलै उठाउन सक्नेछन् । काठमाडौंको भव्य सफलतापछि विराटनगर, वीरगन्ज, इटहरी, पोखरा, जितपुर, सिमरा, धरान तथा दुहबीसम्म आफ्नो सुविधा पुर्याउने योजनाका बनाएको यस कम्पनीले पछिल्ला केहि महिनामा आफ्नो सेवा योजना गरेका सम्पूर्ण ठाउँहरुमा पुर्याइसकेको छ ।
वैशाख ३ गते पोखरामा भव्य उद्घाटन गर्दै सिजी नेटले हालका लागि आफ्नो विस्तार यात्रा टुङ्ग्याएको छ । २०८० वैशाख ३ गते पोखरा सहरमा भव्य उद्घाटन समारोह र र्यालीको आयोजना गर्दै सिजी नेटले पोखरामा आफ्नो आगमनको उद्घोष गरेको हो ।
१३० एमबिपिएस नेटलाई जनतामाझ सबैभन्दा सस्तो मूल्य ७९९ रुपैयाँप्रति महिनामा ल्याउने नेपालकै पहिलो कम्पनी सिजी नेट अत्याधुनिक प्रविधिको प्रयोगबाट सस्तो र भरपर्दो इन्टरनेट सेवामार्फत देशलाई संसारसँग जोड्ने उद्देश्यका साथ नेपालका विभिन्न स्थानहरुमा आफ्नो सेवा बिस्तार गरिरहेको छ ।
सस्तो र भरपर्दो इन्टरनेट खोज्ने नेपालीहरुका लागि यो एउटा सुवर्ण मौका हो । आगामी दिनहरुमा अझै बढी सहर र देशका कुना–कुनासम्म आफ्नो सुविधा पुर्याउनका लागि बिस्तारका नयाँ योजना लिएर आउने सिजीनेटले बताएको छ ।
कम्पनीका सीईओ भन्छन्– ‘आठ नयाँ स्थानमा सेवाहरूको विस्तार गर्न पाउँदा हामी निकै उत्साहित बनेका छौं, आजको संसारमा खाँचो पर्ने भरपर्दो इन्टरनेट सुविधाको पहुँचको महत्त्व बुझ्छौं र त्यसलाई सकेसम्म धेरै भन्दा धेरै मानिसहरूलाई उपलब्ध गराउन चाहन्छौँ । भरपर्दो ग्राहक सेवाका साथ–साथै किफायती दरमा उच्च९गतिको इन्टरनेट प्रदान गर्ने कुरामा हामी प्रतिबद्ध छौँ ।’
सिजीनेटको यो सेवा बिस्तार आफ्ना विद्यमान ग्राहकहरूलाई उपलब्ध गराउँदै आएको उच्च गुणस्तरको इन्टरनेट सेवालाई नयाँ ग्राहकहरु समक्ष पनि पुर्याउने एउटा बलियो प्रयास भएको कम्पनीले जनाएको छ ।







