आज मकर जितुमाया सुरी हाइड्रोपावरको आईपिओ बाँडफाँड हुदै

मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको आईपिओ आज (बुधबार ) बाँडफाँड हुदैछ । आज चैत्र २९ गते बुधबार दिउँसो १:३० बजे क्यापिटलको कार्यालयमा शेयर बाँडफाँड गर्ने तयारी गरेको  बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

कम्पनीले सर्वसाधारणलाई १३ लाख ३७ हजार ३ सय २ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले चैत्र १९ गतेदेखि  चैत्र २२ गतेसम्म आईपिओ निष्काशन गरेको थियो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २२ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । यसमध्ये ५% (८० हजार कित्ता सामूहिक लगानी कोष) र २% अर्थात् ३२ लाख २८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १३ लाख ३७ हजार ३०२ कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए ।

यस कम्पनीले  दोलखामा ६.४ मेगावाटको सुरिखोला जलविद्युत आयोजना र ७ मेगावाटको माथिल्लो सुरिखोला जलविद्युत आयोजना सुरु गरेको छ भने ६.४ मेगावाटको सुरिखोला जलविद्युत आयोजनाले २०७९ बैशाख १८ गतेबाट व्यापरिक उत्पादन समेत सुरु गरिसकेको जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *