सिद्धार्थ क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने म्याद थप

सिद्धार्थ क्यापिटलको सामुहिक लगानी कोष योजनाको इकाईमा आवेदन दिने म्याद थपिएको छ । अब लगानीकर्ताले वैशाख १० गतेसम्म आवेदन दिन सक्नेछन् । क्यापिटलले चैत्र २६ गतेबाट सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ नामक सामुहिक लगानी कोष योजनाको इकाईहरु बिकी खुला गरेको हो ।

क्यापिटलले सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गरेको हो । यस योजनाको आकार १ अर्ब २० करोड रहेको छ भने  क्यापिटल प्रति इकाई १० रुपैयाँको दरले फण्डको १२ करोड इकाई निष्काशन गरेको हो ।

जस मध्ये १ करोड २० लाख इकाई कोष प्रबर्दक सिद्धार्थ बैंकलाई छुट्याईएको छ ।  ६० लाख इकाई कोष व्यवस्थापक कम्पनी सिद्धार्थ क्यापिटललाई छुट्याईएको छ भने बाँकि रहेको १० करोड २० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । तोकिएको समय अगावै इकाईमा पर्याप्त आवेदन परेमा सार्वजनिक सूचना जारी गरेर बिक्री बन्द गरिने समेत क्यापिटलले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *