नेशनल माइक्रोफाइनान्स लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्नो ९ औँ वार्षिक साधारणसभा डाकेको छ ।

लघुवित्त सञ्चालक समितिको आइतबार (चैत १२ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो बैसाख १५ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा आउँदो बैशाख १५ गते धादिङ्ग क्रिक रिसोर्ट धादिङ्गबेशी धादिङ्गमा वार्षिक साधारणसभा आयोजना गर्नेछ। सभा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट प्रस्तावित चुक्तापुँजीको १५ बोनश सेयर प्रस्ताव पारित गर्ने छ। सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गर्नेछ।

संस्थाले साधारणसभा तथा लाभांश वितरण प्रयोजनको लागि वैशाख ४ गतेदेखि बुक क्लोज गर्दैछ । त्यसैले वैशाख ३ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाप्त गर्न सक्नेछन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *