मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको आइपीओ आइपीओ भोलि बुधबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार बुधबार दिउँसो १.३० बजे क्यापिटलकै कार्यालयमा बाँडफाँड गर्ने तयारीमा राखिएको छ।
यो कम्पनीले गत चैत १९ गतेदेखि चैत २२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले १०० अंकित दरका कुल १४ लाख ४९ हजार ४०० रुपैयाँ आईपीओ बिक्री गरेको छ। जसमा ५ प्रतिशतले हुन आउने ८० हजार ७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ३२ हजार २८ कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी १३ लाख ३७ हजार ३०२ कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो ।
धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार अन्तिम साँझसम्म यो आईपीओमा १३ लाख २५ हजार ८४७ आवेदकबाट १ करोड ४७ लाख ३५ हजार ५३० कित्ता माग भएको छ।







