माछापुच्छ्रे बैंकले भोलि (चैत २९ गते ) बुधबार राति एक घण्टाका लागि आफ्ना केही सेवा बन्द रहने जनाएको छ । बुधबार राति २ बजेदेखि एक घण्टाका लागि कार्ड, एटीएम, पोस मेसिन तथा ई–कमर्ससँग सम्बन्धित सम्पूर्ण सेवा अवरुद्ध रहने बैंकले जनाएको छ ।
बैंकको स्विच सेवा प्रदायक कम्पनी एनईपीएस–नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम लिमिटेडको नेतवर्क स्विचमा सिस्टम अपडेट गर्नुपर्ने भएकाले यी सेवा रोकिने बैंकले जनाएको छ । बैंकले यसबाट सम्पूर्ण ग्राहकमा पर्न जाने असुविधाप्रति क्षमा पनि मागेको छ ।
तर उक्त समयमा पनि मोइवाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा भने संचालनमै रहने जानकारी गराएको छ ।
सूचना हेर्नुहाेस्

Artha Sanjal







