बढ्याे महँगी, गैर–खाद्य तथा सेवा समूहको ८.८७ प्रतिशत

चालु आर्थिक वर्षको ८ महिनामा वार्षिक बजार महँगी (मुद्रास्फीति) ७.४४ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ७.१४ प्रतिशत रहेको मुद्रास्फीति वार्षिगत रुपमा ०.३० प्रतिशत वृद्धि हुन पुगेको नेपाल राष्ट्र बैंकले जनाएको हो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८७ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत खाद्य तथा खाद्यजन्य पदार्थ उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १४.३५ प्रतिशत,रेष्टुरेण्ट तथा होटलको खानाको १४.०९ प्रतिशत, मरमसलाको १०.८८ प्रतिशत,सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशत रमदिराजन्य पेय पदार्थको ८.७८ प्रतिशतले बढेको छ ।

गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप–समूहको मूल्य सूचकाङ्क १३.२३ प्रतिशत, स्वास्थ्यको १०.३९प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ९.७२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशत र फर्निसिङतथा घरायसी उपकरणहरुको ८.७९ प्रतिशतले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *