एमसीसी यथास्थितिमा समर्थन गरिन्न : माधव नेपाल

उनले यथास्थितिमा एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न नसकिने आफूहरुको प्रष्ट धारणा रहेको बताएका छन् । एमसीसीबारे सहमति नजुटे सत्तागठबन्धन नै टुट्ने आशंका चलिररहेका बेला सत्तागठबन्धनकै मुख्य घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमसीसी बारेमा कुरा मिलेन भने गठबन्धन टुट्छ भन्ने आशंका पनि गरिएको बताउँदै गठबन्धन टुटीसकेपछि चुनावमासँगै नजाने पो हो कि? भन्ने प्रश्न पनि उठेको कारण आफूहरु जुनसुकै नौतीको सामना गर्न हामी तयार रहेको बताए ।

गठबन्धनका दलहरु एक्लै चुनावमा जाँदा आफ्नो हैसियत के हुने भन्ने विषयमा जानकार रहेको पनि उनको भनाइ थियो । त्यस कारण सत्तागठबन्धनका दलहरु एमसीसीबारे कसरी निष्कर्षमा पुग्ने बोरमा छलफलमा रहेको भन्दै नेपालले भने, ‘हेरौ अब के हुन्छरु’ तर संशोधन बिना आफूहरुले एमसीसीलाई समर्थन नगरिने उनले प्रष्ट पारे।

एमसीसीबारे अहिले गहन अध्ययनमा रहेको भन्दै उनले गुण र दोषका आधारमा आफ्नो पार्टी निष्कर्षमा पुग्ने बताएका छन् । एमसीसीबारे जनताका साथै राजनीतिक दलहरु पनि विभाजित रहेकोले एमसीसी सम्झौताको मिति परसार्दा उपयुक्त हुने धारणा उनले राखे ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *