सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १८ औं वार्षिक साधारण सभा आज (चैत १७ गते) लैनचौर ब्याङ्क्वेट, लैनचौर काठमाडौँमा सम्पन्न भएको छ।
सभाले आर्थिक बर्ष २०७८ /७९को सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ८.५३४ बोनश सेयर र ०. ४४९ नगद लाभांस गरी कुल ८ .९८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले गत आर्थिक वर्षको वित्तिय विवरण, वासलात, लेखापरिक्षण लगायतका अन्य महत्वपुर्ण प्रस्तावहरु समेत पारित गरेको छ।

यसका साथै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने , संस्थापक सेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालक नियुक्त गर्ने लगायतका प्रस्तावहरु समेत पारित गरेको छ।
बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि फागुन २८ गतेदेखि चैत १७ गते सम्म बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले फागुन २७ गतेसम्म कायम सेयरधनीहरु सभामा सहभागी थिए ।

भिडियो







