टीसीएलले ल्यायो ‘नगदवृष्टि’ योजना

ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टीभी ब्रान्ड टीसीएलले यो नयाँ वर्षलाई लक्षित गरेर ‘टीसीएल नगदवृष्टि’ योजना सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत ग्राहकले टीसीएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट र उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। ग्राहकले यो योजना चैत १४ गतेदेखि सीमित अवधिका लागि नेपालभरि पाउने कम्पनीले जनाएको छ।

ग्राहकले टीसीएलका कुनै पनि सामानको खरिदमा नगद रु. ६१ हजार ३०० सम्मको छुट पाउन सक्नेछन् भने वासिङ मेसिन खरिदमा नगद छुटका साथै ६ केजीको एरिएल म्याटिक वासिङ पाउडर उपहार पनि पाउन सक्नेछन।

त्यसैगरी एअर कन्डिसनरको खरिदमा नगद छुटका साथै रु. ४ हजारबराबरको निःशुल्क एसी जडान सुविधा पनि पाउन सक्नेछन्।

यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेसन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ।

नेपालभर टीसीएल ब्रान्डको आधिकारिक बिक्रेता चौधरी गु्रपको सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सीजी ईओएल रहेको छ। सीजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकलाई सीजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो बिक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।

कम्पनीका सीजी डिजिटल शोरुमहरु काठमाण्डौभित्र टंगाल, कुमारीपाटी, भक्तपुर राधेराधे, गठ्ठघर, कीर्तिपुर, रबिभवन, हातीगौँडा, त्रिपुरेश्वर, नयाँबजार, बसुन्धारा, जोरपाटी र काठमाण्डौबाहिर पोखरा, इटहरी, हेटौँडा र भरतपुरमा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *