सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट आज हुँदै

सगरमाथा जलविद्युत कम्पनीको आईपीओ आज शुक्रवार बाँडफाँट हुँदै छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइपीओ दिउँसो ३.३० बजे आफ्नै कार्यालयंमा आईपीओ बाँडफाँट हुनेछ ।

कम्पनीको आईपीओमा मागभन्दा ४.४८ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । आईपीओमा १४ लाख ३३ हजार ७७७ जनाले कुल १ करोड ६० लाख ७६ हजार ७४० कित्ताको लागि आवेदन दिएका छन् ।

जसमा ३ लाख ५८ हजार १७६ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १० लाख ७५ भन्दा धेरै जनाको भने हात खाली हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *