आईओसीबाट बढेर आयो इन्धनको मूल्य

भारतबाट इन्धनको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले निगमलाई इन्धनको मूल्य बढाएर पठाएको हो ।

बढेर आएको मूल्यमा पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन ७ रुपैयाँ ८० पैसा भएको निगम स्रोतले जनाएको छ । स्रोतका अनुसार नेपालमा मूल्य समायोजन नगर्ने हो भने अबको १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ घाटा पर्नेछ । विगत ४ महिनासम्म निगम नाफामा रहँदै आएको थियो ।

विगतमा परेको घाटाका कारण निगमले सरकारबाट ७ अर्ब ऋण लिएको छ । अन्तर्राष्ट्रिय बजारमा विगत एक महिनामा कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब ८ अमेरिकी डलरले बढेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *