नेप्सेमा झिनो अंकको वृद्धि, एक अर्ब ७६ करोडको कारोबार

आज नेप्से झिनो अंकले उकालो लागेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ४.९७ अंकले बढेर २११६.६५ बिन्दुमा पुगेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक आज ०.५३ अंकले घटेर ४०१.१६ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २६१ कम्पनीको ५० लाख २४ हजार ३८१ कित्ता सेयर किनबेच भएको छ । यसदिन एक अर्ब ७६ करोड ७० लाखमाथिको कारोबार भएको छ ।

कुल १३ उपसमूहमध्ये ८ वटा समूहको सेयर मूल्य बढेको छ भने बाँकी ५ वटा समूहको सेयर मूल्य घटेको छ ।

यसदिन ११० कम्पनीको सेयर मूल्य बढेको छ, भने ९३ कम्पनीको सेयर मूल्य घटेको छ । बाकि १३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *